Nepal Times
Nepal Times
3
Shares

साउदीबाट स्वदेश फर्कन १० हजार नेपालीको निवेदन,उडान नतोकिँदा अन्योल

साउदीबाट स्वदेश फर्कन १० हजार नेपालीको निवेदन,उडान नतोकिँदा अन्योल

योगेन्द्र योगी
२५ जेठ, दोहा ।
साउदी अरबबाट स्वदेश फर्किन पाउँ भन्दै जुन पाँचसम्म १० हजार भन्दा बढी नेपालीहरुले साउदीस्थित नेपाली दूताबास रियाद र महावाणिज्य दूताबास जेद्धामा निवेदन परेको साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिएका छन्।

जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भिषा लिएर बसेका, भिजिट भिसामा आएका,नेपालमा आफन्त गुमाएकाहरु रहेको दूताबासले जनाएको छ ।

दूताबासले दिएको जानकारी अनुसार जुन पाँचसम्म कोरोनाबाट सङ्क्रमित हुने नेपालीहरुको संख्या १३ सय ६४ पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ९ जना नेपाली नागरिकको मृत्यु भैसकेको जनाएको छ ।

धेरै सङ्क्रमित नेपालीहरु पनि निको भैसकेको जनाउदै दूताबासले पछिल्लो समयमा सम्बन्धित निकायबाट कुनै पनि जानकारी नआएको र जानकारी लिने कार्य भैरहेको जनाएको छ ।

गैर आवासिय नेपाली संघ साउदीले बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ–संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवी नेपाली बीच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर संयुक्त रूपमा हातेमालो गरिरहेको एनआरएनए मध्यपुर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् ।

एनआरएनए साउदीले साउदीको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगार्थ नेपाली दुताबास रियाद तथा महावाणिज्य दूतावास जेध्दासंग समन्वय गर्दै नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई राहत स्वरुप खाद्यन सहयोग गर्दै आएको छैटौं हफ्ता पार गरिसकेको उनले बताए ।

एनआरएनए साउदीका अनुसार यो साता पिडामा परेका १२ जना महिला सहित थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध हराएको जनाउदै हाल सम्म एनआरएनए साउदी समक्ष आएका ३१२ जना पीडितहरुलाई दूताबाससँग समन्वय तत्कालका लागि खाद्यान्न वितरण गरेको छ ।

साथै अहिलेसम्म ३ सय भन्दाबढी पीडितहरुको गुनासो आएको र नेपाली दूताबास रियाद र महावाणिज्य दूताबाससंग समन्वय गरी दूताबासकै पहलमा समस्या समाधान गरिएको एनआरएनए साउदीले जनाएको छ ।

नेपाल सरकारले समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको भएतापनि साउदी अरबको लागि उडानको मिती नतोकिएका कारण अझै अन्योलता रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.