×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

३ मंसिर,एजेन्सी ।

नेपाल लगायत एसियाली राष्ट्रका साथै अफ्रिकी देश लगायतबाट पनि बैदेशिक रोजगारीमा जाने कामदारका लागि प्रमुख गन्तब्यमध्यको एक साउदी अरबले वर्षमा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिइएको तथ्यांक सार्वजनिक भएको छ ।

मानवअधिकार संगठनलाई उद्धृत गर्दै एएफपीले यस्तो बताएको हो । शनिबार मात्रै एक यमनी नागरिकलाई लागूऔषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो ।

योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशीको कुल संख्या १०१ पुगेको छ । यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो । सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो ।

युरोपेली साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (इएसओएचआर) का कानूनी निर्देशक ताहा अल–हज्जीले साउदी अरेबियाले एक वर्षमा यति धेरै विदेशीहरूलाई मृत्युदण्ड दिएको यो पहिलो पटक भएको बताए ।

सन् २०२४ मा साउदी अरबमा मृत्युदण्डको सजाय पाउने विदेशी नागरिकमा पाकिस्तान, यमन, सिरिया, नाइजेरिया, इजिप्ट, जोर्डन र इथियोपियाका नागरिक छन् । आफ्नो कठोर कानूनलाई लिएर साउदी अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्दै आएको छ ।

यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना रहेका छन् । त्यस्तै सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्सबाट एक–एक जना थिए ।

कूटनीतिज्ञहरू भन्छन् कि विदेशी प्रतिवादीहरूले निष्पक्ष कानूनी परीक्षण पाउँदैनन्। दण्डित विदेशी नागरिक ठूला लागुऔषध व्यापारीको शिकार हुन्छन्। गिरफ्तारीको समयदेखि मृत्युदण्डसम्म, अभियुक्तहरूले अदालतसमक्ष आफ्नो कुरा राख्न धेरै कठिनाइहरूको सामना गर्नुपर्दछ । एम्नेस्टी इन्टरनेसनलका अनुसार चीन र इरानपछि मृत्युदण्ड दिने तेस्रो देश साउदी अरब हो।

Scroll to Top