Nepal Times
Nepal Times
3
Shares

सागको इतिहासमा नेपालको अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण पदक

सागको इतिहासमा नेपालको अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण पदक

१९ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले एउटै संस्करणमा बढी स्वर्ण जितेको रेकर्ड राखेका छ । साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जित्दै ३२ औँ स्वर्ण दिलाएपछि यसअघिको आठौँ सागको रेकर्ड तोडिएको हो । १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१९८४ मा साफ शुरु हुँदा नेपालले जम्मा चार स्वर्ण जितेको थियो । नेपालले १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ मा दुई, १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित साफमा नेपालमा जम्मा सात स्वर्ण जित्यो । २००६ मा श्रीलंकामा आयोजित दशौं संस्करणदेखि साफको नाम साग बन्यो । त्यसमा नेपालले ७ स्वर्ण जित्यो । ड्रोपिङ टेस्ट अनुत्तीर्ण भएपछि राजेन्द्र भण्डारीले जितेको दुई वटा स्वर्ण पदकले मान्यता पाएन ।

२०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १३ औं सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.