×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

साग खेलकुद : महिला भलिबलमा भारतसँग हार्‍यो नेपाल

१२ मंसिर २०७६
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

१२ मंसिर, काठमाडौं ।
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतकोे महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा खेलमा नेपाल बलियो टोली भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

हालै मात्र सेन्ट्रल जोन भलिबलको उपाधि जितेको नेपालका लागि परीक्षाका रुपमा हेरिएको भारतसँग पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन पनि गरेको थियो । तर २४–२२ को अवस्थामा पुगिसकेको नेपालले जित निकाल्न सकेन । नेपाललाई त्यही अवस्थामा रोक्दै भारतले पहिलो सेटमा २६–२४ को जित निकाल्यो ।

त्यसपछिका दुई सेटमा भारत हाबी भयो । भारतले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५–१६ ले दुबै जित्यो । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । नेपाल र भारत दुबैको समान ३र३ अंक छ भने बंगलादेशको शुन्य । अब समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराए उपविजेताका रुपमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।

Scroll to Top