Nepal Times
Nepal Times
3
Shares

साग पुरुष क्रिकेटमा बंगलादेश भुटानसंग १० विकेटेले विजयी

साग पुरुष क्रिकेटमा बंगलादेश भुटानसंग १० विकेटेले विजयी

२० मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा बंगलादेश यू–२३ ले भुटानविरुद्ध १० विकेटेको जित निकालेको छ ।

लगातार दुई खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा पुगेको छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६ दशमलव ५ ओभरमा विकेट नगुमाई पूरा गरेको हो ।

बंगलादेशको जितमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान गरे ।

पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो । भुटानका तेन्जिङ वान्चुकले सर्वा्धिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए ।

भुटानका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका मनिक खानले २ विकेट लिए ।

यसैबीच शुक्रबार नै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंका यू २३ सँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

शुक्रबारको खेलमा माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्न सके नेपालको पनि फाइनल प्रवेशको सम्भावना रहने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.