×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

साढे ३३ किलो सुन काण्डमा सात अनुत्तरित प्रश्न

२० बैशाख २०७५

काठमाडौं – ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । सुन प्रकरणमा सात अनुत्तरित प्रश्न आजको नयाँ  पत्रिकाले छापेको छ ।

सात अनुत्तरित प्रश्न

१. गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरूमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन ।

२. विमानस्थलमा प्रहरी मात्र होइन, भन्सार, अध्यागमन, गुप्तचरजस्ता सुरक्षा संयन्त्र हुन्छन् । ती संयन्त्रमाथि छानबिन भएन । जबकि, यसअघि सिआइबीका तत्कालीन प्रमुख नवराज सिलवालको नेतृत्वले ३३ किलो सुन बरामद गर्दा प्रहरीका एसएसपी श्याम खत्री मात्र होइन, भन्सार अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्निसियन राज ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ र गंगा भुर्तेल पक्राउ परेका थिए ।

३. साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार चूडामणि उप्रेती गोरे २० पुस ०७३ मा बरामद भएको ३३ किलो सुन तस्करीका पनि फरार अभियुक्त हुन् । तर, अध्यागमनको रिपोर्टअनुसार त्यसपछि पनि गोरे विमानस्थलबाटै पटक–पटक विदेश आवतजावत गरेको देखिन्छ । फरार अभियुक्त विमानस्थलबाट आवतजावत गर्दा अध्यागमन र गुप्तचरले के हेरे ? यो विषयमा छानबिन छैन ।

४. एयरलाइन्सका कर्मचारी पनि तस्करीमा संलग्न हुने गरेका घटना यसअघि पनि आएका छन् । तर, यसपालि पनि तल्लो तहका कर्मचारी मात्र कारबाहीको दायरामा आए । माथिल्लो तहमाथि छानबिन भएको छैन ।

५. विमानस्थल सुरक्षाका लागि नेपाल प्रहरीको तर्फबाट डिआइजीको कमान्डमा ३ सय ७ प्रहरी कर्मचारी खटिन्छन् । विमानस्थलको प्रत्येक स्थान र जहाजसम्मै पुग्ने अनुमति उनीहरूलाई हुन्छ । कर्मचारी हिँड्ने मार्गमा सिसिक्यामेरा हुन्छ । कर्मचारी आउने बाटोबाट सुन बाहिर ल्याइएको हो भने सामान बोकेर आइरहेका कर्मचारी वा प्रहरीलाई सिसिक्यामेरा मोनिटर गर्ने प्रहरीले किन देखेनन् ? यस विषयमा पनि छानबिन भएको छैन ।

६. सुन बाहिर ल्याउने काम थाई एयरवेजका कर्मचारी सानु बनले गरेको भनिएको छ । केही दिनपछि उनी विमानस्थलभित्रै दगुर्दै गएर इन्धन ट्यांकरमा ठोक्किएको भिडियो सिसिक्यामेराले खिचेको छ । तर, त्यस्तो अस्वाभाविक मृत्यु वा आत्महत्याबारे तत्कालै किन छानबिन भएन ? यस विषयमा पनि कसैलाई कारबाही भएको छैन ।

७. २९ जना पक्राउ पर्दा र ६३ जनाविरुद्ध मुद्दा लाग्दा पनि मुख्य योजनाकार गोरेको अत्तोपत्तो छैन । अझ यति धेरै चर्चा भएको साढे ३३ किलो सुन कहाँ छ ? छानबिन समितिलाई थाहा छैन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top