×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

साफमा आज माल्दिभ्स र भुटान खेल्दै

५ भाद्र २०८१

४ भदौ , काठमाण्डौ ।

२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ’बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । हिजो भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश पनि श्रीलङ्कालाई २–० गोलले हराएर सेमिफाइनलमा पुगेको छ ।

श्रीलङ्का भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो । भोलि नेपाल र बङ्गलादेशले खेल्नेछन् । यो खेलको विजेता टोलीले समूह विजेताका रुपमा सेमिफाइनल खेल्नेछ । प्रतियोगिताको समूह ’ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ’बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंका फुटबल संघले मंगलबार अल्मुताइरीलाई एएफसी छनोटका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । संघका अनुसार अल्मुताइरीले तत्कालैदेखि लागु हुने गरी जिम्मेवारी पाएका हुन् ।

उनले सेप्टेम्बर ५ र १० मा हुने कम्बोडियाविरुद्धको खेलमा श्रीलंकाको जिम्मेवारी सम्हाल्नेछन् । अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाली टिमले अल्मुताइरीकै प्रशिक्षणमा साफ च्याम्पिनयसिपको इतिहासमा पहिलो पटक फाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, राष्ट्रिय टोलीका १० नियमित सदस्यलाई बन्द प्रशिक्षणका दौरान टिमबाट निष्कासन गरेपछि चर्किएको विवादका कारण उनले राजीनामा दिनुपर्ने परिस्थिती सिर्जना भएको थियो । नेपाली टिमपछि अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक बनेका थिए । तर, त्यहाँ पनि खेलाडीसँगको विवादका कारण उनी बर्खास्तीमा परेका थिए । त्यसपछि कुवेती क्लब पुगेका उनको त्यहाँ पनि बसाई लामो रहेन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top