×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफ च्याम्पियनसिप : समुह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश, बिमलको कीर्तिमानी

२४ भाद्र २०७५

ढाका,भदौ २४
ब्ांगलादेशमा जारी साफ च्याम्पियनसिप(साफ सुजुकी कप) अन्तर्गत समुह चरणको अन्तिम खेलमा आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे ।

सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्री किकको अवसर पाएको थियो ।पहिलो हाफमा १–० गोलले अग्रता लिएको नेपालका लागि ८९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए ।

जीतसँगै नेपाल ६ अङ्क जोड्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश ग¥यो । त्यस्तै समान अङ्क भए पनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश ग¥यो । जारी साफ च्याम्पियनसिपमा बङ्गलादेश र भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।

नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भूटानविरुद्ध ४–० र आयोजक बङ्गलादेशलाई २–० ले पराजित गर्न सफल भयो ।साफको बाह्रौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँचौँपटक सेमिफाइनल पुगेको हो । सेमिफाइलनको खेल आगामी मङ्गबारदेखि हुनेछ ।

बिमलको कीर्तिमानी

साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट चार गोल गर्ने खेलाडीको सूचीमा बिमलले रेकर्ड बनाएका हुन् ।

बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै सङ्ख्या दुई पु¥याए । बङ्गलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । योसँगै साफमा उनको गोल सङ्ख्या ४ पुगेको छ । साफमा चार गोल गर्ने खेलाडीमा हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top