×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफ यू–१९ मा भारतको विजयी सुरुवात / नेपालले पाकिस्तानलाई हराउला ?

४ आश्विन २०८०

४ असोज,काठमाण्डौ ।
काठमाडैंमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो । दशरथ रंगशालामा भएको पहिलो खेलमा भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् ।

भारतले खेलको पहिलो मिनेट मै अग्रता लिएको थियो । गुग्मसार गोयारीले दाया फ्ल्यान्कबाट आएको क्रसलाई नियन्त्रणमा लिएर सहजै गोल गरेका थिए । पहिलो मिनेटमै गोल खान पुगेको बंगलादेशले भने त्यस्पछि बल पोसेसन राख्दै अवसरहरु सिर्जना गर्यो । नवौ मिनेटमा बंगलादेश बराबरी गर्नको निकै नजिक पुगेको थियो ।

मोइनुल इस्लामको बक्स बाहिरबाट लिएको सट भारतका गोलकिपर लियोनेल रिम्मेटले सुन्दर बचाऊ गर्दा बल पोस्टमा लाग्न पुग्यो । ४०औ मिनेटमा राजु अहमदको प्रहार पनि क्रसबारमा लागेर फर्किएको थियो । बंगलादेश बराबरीको नजिक आइरहदा उता भारतले भने पहिलो हाफको अन्तिम समयमा अर्को गोल गर्यो ।

नाओबा पंगमबमले बंगलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिश गर्दा भारत पहिलो हाफमा २–० ले अघि थियो । पहिलो गोल खाएपछि सोधरिएको प्रदर्शन गरेको बंगलादेशलाई दोस्रो गोल खाएपछि भने खेलमा स्पष्ट अवसरहरू सृजना गर्न सफल रह्यो र खेलमा फर्किन सकेन ।

भारतले भने खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले खेलको ९० औं मिनेटमा तेस्रो गोल गरेका थिए । जितसँगै भारतले समूह बी मा तीन अंक जोड्न सफल भएको छ।

समूह बी मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ । प्रतियोगिताको दोस्रो खेलमा अहिले साँझ ५ः३० बजे घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top