×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सामसङको नाफा ९०० प्रतिशतभन्दा बढी ,एप्पलले ६०० कर्मचारी निकाल्यो

२४ चैत्र २०८०

२४ चैत , एजेन्सी ।
दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सको नाफा ९ सय प्रतिशतभन्दा धेरैले बढेको छ । सामसङले जनाएअनुसार सन् २०२४ को पहिलो त्रैमासमा कम्पनीको नाफा ९ सय प्रतिशतभन्दा धेरैले बढेको हो । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो नाफा १० गुणा बढी हो । सामसङका चिप्सको मूल्य र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित उत्पादनहरूको माग पुनः बढेपछि कम्पनीको नाफामा उछाल आएको हो ।

दक्षिण कोरियली कम्पनी सामसङ मेमोरी चिप, स्मार्टफोन र टेलिभिजनको विश्वको सबैभन्दा ठूलो निर्माता हो । यसैबीच सामसङ इलेक्ट्रोनिक्सले अमेरिकाको टेक्ससमा रहेको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ विलियन अमेरिकी डलर पु¥याउने भएको छ । वाल स्ट्रिट जर्नलले जनाएअनुसार सामसङको नयाँ लगानी खासगरी टेलर सहरमा केन्द्रित हुने भएको छ ।

टेलर सहरमा सामसङले अर्धचालक सुविधा निर्माण गरिरहेको तथा सो स्थानमा सामसुङले अब अर्को चिपमेकिंग प्लान्ट र उन्नत ’प्याकेजिङ हब’ निर्माण गर्ने योजना बनाएको जनाइएको छ । यता अमेरिकी सरकारले टेक्ससको टेलर सहरमा व्यवसाय विस्तारका लागि सामसङलाई ६ बिलियन डलर सहयोग गर्ने योजना समेत बनाएको ब्लुमबर्ग न्यूजले यसअघि जनाएको थियो ।

सन् २०२१ मा सामसङले टेलर सहरमा १७ बिलियन डलरको प्रोजेक्ट घोषणा गरेको थियो । यता अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो। क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठूलो मात्रामा भर्नापछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीहरूमा कर्मचारी कटौतीको ठूलो अवस्थाबाट धेरै हदसम्म बचेको थियो ।

डब्ल्युएआरएन भनिने क्यालिफोर्नियाको कर्मचारी समायोजन तथ पुनःप्रशिक्षण अधिसूचना ऐनअनुसार एप्पलले मार्च २७ मा धेरै कार्यालयहरूमा छ सय १४ कर्मचारीलाई नोकरीबाट निकालेको छ । कम्पनीले कर्मचारी कटौतीबारे शुक्रबार कुनै जवाफ दिएको छैन । ब्लुमबर्गका अनुसार नोकरीमा कटौती कम्पनीको विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धित थियो ।

यसबाट एक दशकदेखि भइरहेको सङ्घर्षपूर्ण परियोजना समाप्त भएको छ । आइफोन निर्माताले आफ्नो गोप्य कार विकास कार्यक्रमका लागि करिब दुई हजार कर्मचारीलाई समर्पित गरेको तर उसले बढ्दो विद्युतीय वाहन (इभी) क्षेत्रको सामना गर्नुपरेको ब्लुमबर्गले बताएको छ । एप्पललाई कानुनी रूपमा क्यालिफोर्नियामा मात्र कर्मचारी कटौतीको सूचना दिन आवश्यक भएकाले कर्मचारी कटौतीको दायरा व्यापक हुनसक्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top