Nepal Times
Nepal Times
3
Shares

सामसुङ ग्रुपका अध्यक्ष ली कुन हीको निधन

सामसुङ ग्रुपका अध्यक्ष ली कुन हीको निधन

९ कात्तिक, एजेन्सी ।

दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार निधन भएको छ । दक्षिण कोरियाको राजधानी सिओलमा लीकाे ७८ वर्षकाे उमेरमा मृत्यु भएकाे हाे ।

सामसुङले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जानकारी दिएको हो । ली लामो समयदेखि बिरामी थिए । उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए । ६ वर्षअघि हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म दुइ कार्यकाल सामसुङ ग्रुकाे अध्यक्षकाे जिम्मेवारी सम्हालेका थिए ।  उनको अनुपस्थितिमा उनका छोरा ली जेई योङले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सन् १९४२ मा जन्मिएका लीले आफ्ना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।

बुवा ली ब्युङ चुलको चाउचाउको व्यापारलाई विस्तार गर्दै ली कुन हीले इलेक्ट्रोनिक्स सामानको समेत उत्पादन गर्दै सामसुङलाई विश्वव्यापी बनाएका थिए । अहिले सामसुङ स्मार्टफोन, कम्प्युटर र टेलिभिजन लगायत इलेक्ट्राेनिक उपकरण उत्पादनमा अग्रणी मानिन्छ । विश्वमै प्रभुत्व जमाएको सामसुङले अमेरिकी कम्पनी एप्पललाई टक्कर दिइरहेको छ । सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो ।

खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए । सन् २००५ मा टाइम म्यागजिनले लीलाई विश्वकै सय जना प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो । लीका एक छोरा र दुई छोरी रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.