Nepal Times
Nepal Times
3
Shares

सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीको र्याली

सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीको र्याली

साउन २८, विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिबिएमा अध्ययनरत विद्यार्थीहरुले सचेतनामुलक सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्याली निकालेका छन् ।

विद्यार्थीहरुको सहभागितामा साउन ३१ गते शुक्रबार स्थानीय विरेन्द्र सभागृहमा आयोजना गर्न लागिएको सामाजिक बिकृति र बिसंगति बिरुद्धकोे “स्पिकअप”कार्यक्रमको पुर्व सन्ध्यामा विद्यार्थीहरुले सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्याली निकालेका हुन् ।

 

कलेज परिसरबाट निकालिएको र्याली रोडशेषचोकबाट जनआन्दोलन चोक हुंदै कलेजरोडबाट फेरी क्याम्पस परिसरमै पुगेर समापन भएको थियो । सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्यालीका सहभागि विद्यार्थीले सामाजिक बिकृति र बिसंगतिविरुद्ध नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

सामाजिक सचेतनामा अभिबृद्धि गर्न र कार्यक्रमको बिषयका जानकारी दिने उद्धेश्यसहित सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्याली आयोजना गरिएको महेन्द्र मोरङ क्याम्पसका बिबिए कार्यक्रम संयोजक उद्गम मिश्राले बताए ।

शुक्रबार हुने कार्यक्रममा विभिन्न कलेजमा बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सामाजिक बिकृतिबिरुद्ध नाटक र भिडियो प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कार्यक्रममा महेन्द्र मोरङ कलेजमा बिबिएमा अध्ययनरत विद्यार्थीसहित सास्थम,इडेनबर्ग र मेरील्याण्ड कलेजका विद्यार्थीको समेत सहभागिता रहने जनाइएको छ । महेन्द्र मोरङ कलेज बिबिए छैठौं सेमेष्टरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम हुन लागेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.