×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सामाजिक संजालबाट खुशी छैनन् ओली

१६ फाल्गुन २०८१

१४ फागुन,काठमाण्डौ ।

नेकपा एमाले भित्र बा का रुपमा सम्बोधन गर्दै प्रशंसा र गुणगान मात्रै होइन सामाजिक संजालबाट त्यतिनै आलोचना खेप्ने राजनीतिक नेता भित्र पर्दछन्,प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री सहभागी हुने सार्वजनिक समारोहहरुमा समेत उनका विरुद्ध हुटिङ हुन् सक्ने संभावना देखिएपछि पछिल्लो समय सुरक्षा रणनीति समेत फेरिने गरेको छ ।

केही दिन अघि मात्रै काठमाडौंको एक कार्यक्रममा उनको विरोध गर्ने संभावनाकै आधारमा ४ जना युवालाई प्रहरीले होल्ड गरेको थियो । प्रधानमन्त्री स्वयमले ब्यक्त गरेका अभिब्यक्तिहरुमा पनि उनकै प्रोफाइलमा पुगेर सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको तीव्र आलोचना गर्ने गरेका छन् ।

चौथो पटक देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री अघिल्ला कार्यकाल भन्दा यसपटक सामाजिक संजालमा बढी सक्रिय देखिन्छन् । त्यही सक्रियता भित्रको आलोचना पक्कै पनि उनीबाट पनि लुकेको छैन् होला ।

सामाजिक संजालमा देखिएको यो आलोचनात्मक ट्रेनलाई लक्षित गर्दै प्रधानमन्त्रीले अहिले सामाजिक संजालले क्षणिक सुुख दिएपनि यसले समाजको खुशी भने खोसिरहेको टिप्पणी गरेका छन् । उनले प्रविधिको दुरुपयोग भइरहेको निष्कर्ष पनि निकालेका छन् ।

काठमाडौंमा बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीहरु यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताएका हुन् ।

भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको दुरुपयोग भइरहेको उनको भनाइ छ । प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए ।

यही विषय नै चुनौती भएको भएको उनको भनाइ छ । उनले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् । उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्यका लागि अवरोध भएर आएको बताए ।

उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए । ‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ’, उनले भनेका छन् ।प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्दै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका छन्। थिति बस्न सकेको छैन। त्यसकारण यसबाट बच्न जरूरी छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।

उनले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्नेकुरा भने स्वीकार्य नहुने पनि बताए । सांस्कृतिक कुराहरु ध्वस्त बनाउने कुराहरु गरेर घृणाको राजनीति गर्नेकुर स्वीकार्य हुन नसक्ने बताए ।

कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरु नियन्त्रण गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारले अहिले सामाजिक सञ्जालको सम्बन्धमा सोसल मिडियाको अधिकार एक इन्च त के, एक सेन्टिमिटर वा त्यो भन्दा पनि एक मिलिमिटर पनि केही नहुने गरी सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रुपमा रक्षा गर्दै तर छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति, हाम्रा गौरवपूर्ण परम्परा, यि कुराहरुलाई होच्याउन, अपमान गर्न र यि कुराहरु ध्वस्त बनाउने खालका क्रियाकलाप र सामाजिक मर्यादाहरु सबै भत्काएर घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने यस प्रकारका कामहरु छन्, ति नियन्त्रण हुनुपर्छ । यस्ता कुराहरु छोड्नु हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको पनि बताए । उनले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरुले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top