Nepal Times
Nepal Times
3
Shares

साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म, मनिष राउतको मुख्य भूमिका रहने

साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म, मनिष राउतको मुख्य भूमिका रहने

२३ साउन, काठमाडौँ
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्ने भएकी हुन् ।

साम्राज्ञीसँगै यस चलचित्रमा आना शर्मा पनि अनुबन्धित भएकी छिन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रको लागी बिहीबार दुवै अभिनेत्रीले साइन गरेका हुन् । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।

प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रको लागी ‘प्रेमगीत ३’मा प्रवेश गरे सँगै चर्चामा आएका मनिषले केही पहिल्यै सम्झौता गरिसकेका छन् । युवा मनोविज्ञानमा आधिरत रहने चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको बुझिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.