×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सार्वजनिक प्रशासन दक्ष, स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन आवश्यक छ ः प्रम ओली

३१ बैशाख २०७५

काठमाडौँ, ३१ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र विकास, समृद्धि र समानताको बाटोमा लैजान चाहेको बताएका छन् ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिद्वारा प्रस्तुत प्रतिवेदन ग्रहण गर्दै उनले त्यसका लागि जनमुखी, दक्ष, स्वच्छ र निष्पक्ष सार्वजनिक प्रशासनको खाँचो रहेको बताए ।

तीव्र विकास, अत्यधिक उत्पादन, समुचित वितरण र सामाजिक न्यायका लागि अनुशासित र अधिकार सम्पन्न प्रशासन संयन्त्र हुन जरुरी छ भन्दै प्रधानमन्त्री ओलीले आफ्नो अधिकारका कुरा गर्दा अर्काको अधिकारको हनन भयो÷भएन भन्ने पक्षलाई हेक्का राख्न आवश्यक रहेको बताए ।

उनले भने, “हामीले खोजेको समावेशी, सभ्य, सुसंस्कृत, अनुशासित र कानूनी राज्य हो । सामाजिक न्यायको विषयमा झस्कनु पर्ने कुनै करण छैन, सोफामा बसेकालाई पिर्कामा झार्ने भनेको होइन, पिर्कामा रहेकालाई सोफामा राख्ने भनेको हो, त्यसका लागि हामीलाई दक्ष, सक्षम, स्वच्छ र निष्पक्ष प्रशासन चाहिएको छ ।

लोकतन्त्र राजनीतिमा मात्र होइन सबै क्षेत्रमा चाहिन्छ भन्दै प्रधानमन्त्री ओलीले हाम्रा उद्देश्य र लक्ष्य संघीय लोकतान्त्रिक प्रणालीअनुरुप हुनुपर्छ भने ।

अधिकार सम्पन्न संघीय पुनःसंरचना कार्यान्वयन समितिका संयोजक काशीराज दाहालले प्रतिवेदन प्रस्तुत गर्दै प्रतिवेदन कार्यान्वयनबाट नेपालको सार्वजनिक प्रशासनलाई जनमुखी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास दिलाए।

सार्वजनिक प्रशासनमा चुस्त संगठन निर्माण गर्ने, अनावश्यक संरचना खारेज गर्ने, कर्मचारीको सरुवा, बढुवा, वृत्ति विकास अनुमानयोग्य बनाउने, बहुसीपयुक्त कर्मचारीको विकास गर्ने, सदाचारको नीति लागू गर्ने, अनुगमन प्रणालीलाई बलियो बनाउने, सुविधामा एकरुपता कायम गर्ने, आरक्षण सेवा अवधिमा एकपटक उपलब्ध गराई क्षमता अभिवृद्धि गर्ने, संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध बलियो बनाउन विभिन्न व्यवस्था गर्न प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

बजेटको निकासा र विकास निर्माणको ठेक्का सम्झौता समयमै गरी कार्य सम्पन्न गर्ने÷गराउने, कामप्रति उदासीन र ढिलासुस्ती देखिएको अवस्थामा कारवाही गर्ने, कार्यालय प्रमुखलाई बढी जिम्मेवार बनाउने, एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने, भ्रष्टाचारको रोकथाम कामलाई प्रभावकारी तुल्याउनुपर्नेमा प्रतिवेदनमा सुझाव दिइएको छ ।

मुलुकमा सुशासनको प्रत्याभूति गर्न काम कारवाहीमा जनसहभागिता, पारदर्शिता र जवाफदेहिताको अभिवृद्धि गर्नेजस्ता विभिन्न व्यवस्था प्रस्ताव गरिएको संयोजक दाहालले जानकारी दिए ।

प्रतिवेदनमा कर्मचारी प्रशासनसम्बन्धी ऐन, कानून तर्जुमा गर्दा अपनाउनु पर्ने आधारभूत सिद्धान्त, संघीय र प्रदेश सरकारमा रहने मन्त्रालय र कार्यक्षेत्र तथा तालीम प्रदायक निकायको ढाँचा, प्रशासन सुधारसम्बन्धी सुझावको पुनरवलोकन र सम्बन्धित ऐन, कानूनका मस्यौदासमेत समेटिएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top