×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सार्वजनिक विदा नभए कडा आन्दोलन ः मोरङ मुस्लिम समाज

९ जेष्ठ २०७५

विराटनगर,जेठ ९ ः मोरङ मुस्लिम समाजले मुस्लिम समुदायको हक अधिकार बञ्चित गर्दै धर्मनिरपेक्षता मास्ने सरकारको कार्यशैलि भएको भन्दै विरोध जनाएको छ ।

मुस्लिम समाजले आज विराटनगरमा पत्रकार सम्मेलन गरि सरकारले मुस्लिम समुदायलाई अन्याय गरेको भन्दै मोरङ मुस्लिम समाजले  हक अधिकार सुनिश्चित तथा पुन स्थापित गराउन सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारले संविधानको मर्म विपरीत मुस्लिम समुदायका विदा कटौती गरी मुस्लिम समुदायलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको निष्कर्ष निकाल्दै मुस्लिम समाजले विदा तत्काल फिर्ता गर्न माग गरेको छ ।

समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिताको हक विपरीत राष्ट्रिय सभा र मन्त्रीमण्डलमा एकजना मुस्लिम पनि अटाउन नसक्नु गठबन्धन सरकारको मुस्लिम विरोधि भावना भएको मुस्लिम समाजको ठम्याई छ ।

मुस्लिम समाजले मुस्लिम समुदायका महान पर्वमा सार्वजनिक विदा घोषण गर्नुपर्ने, सरकारी तथा अर्धसरकारी निकायमा राजनितिक नियुक्ती गर्दा जनसंख्याको आधारमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व गराउनु पर्ने लगायतका माग राख्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत यही जेठ ११ गते विराध सभागर्ने ,मुख्यमन्त्री सहित प्रधानमन्त्रीलाई माग सहितको ज्ञापन पत्र बुझाउने रहेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले यसपालि मुस्लिम समुदायका चाड ईद,बकरईद,हजरत महम्मद जयन्तीको विदा कटौती गरेको थियो ।

नेपालमा झण्डै साढे चार प्रतिशत मुस्लिम समुदाय रहेको २०६८ को जनगणनामा उल्लेख छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top