×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साहित्य कार्यक्रममा रक्षा मन्त्री, भन्छन्- साहित्यले यथार्थ चित्रण गर्छ

३ मंसिर २०७८

३ मंसिर, काठमाडाैँ ।

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्न बताएका छन् । शुक्रवार ‘१२खरी कथा लेखन प्रतियोगिता –२०७८ विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले साहित्यले समाजको विकासक्रमको यथार्थ चित्र प्रस्तुत गर्ने बताएका हुन् ।

उनले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित विषयसँग सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रहरुले साँचो अर्थमा दिने उल्लेख गरे । उनले भने – ‘आफ्नो विचारलाई, भनाईलाई बलियो साथ प्रस्तुत गर्न अथवा समाजको विकासको क्रममा समाज यहाँनिर उभिएको छ भनेर देखाउनका लागि, बताउनका लागि सहज रुपमा त्यहाँको साहित्यका पात्रहरु, साहित्यहरु, साहित्य कुन सिमा र परिधी स्वीकारेर लेखिए त्यसले समाजलाई कसरी ऐनाझैँ चित्रित गरेको छ भन्नेकुरा लगायत समृद्धिको, राजनीतिको, राजनीति शास्त्रको, नीति, ज्ञान विज्ञानको कुरा लेख्ने बेलामा समाज कसरी थियो, कहाँ थियो भन्ने क्रममा सिधै त्यसबेला पाइएको डेटा, त्यसबेला लेखिएको त्यही विषयको कुराभन्दा त्यहाँ भएको साहित्य, लेखन, उपन्यासले साँचो अर्थमा त्यो ऐना दिन्छ ।’

१२ खरि कथा लेखनमा मनोजादित्य न्यौपाने प्रथम
उनले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने एउटा बलियो र गहिरो आँखा दिने पनि बताए । १२ खरि कथा लेखन प्रतियोगिता –२०७८ मा ‘अन्तिम अतिथि’ शीर्षकको कथाका लागि मनोजादित्य न्यौपानेले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी ‘बुढो घर’ शीर्षकको कथाका लागि स्वप्निल नीरवले दोस्रो पुरस्कार र ‘मुडुली’ शीर्षकको कथाका लागि रेणुका जिसीले तेस्रो पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख रुपैयाँ, साठी हजार रुपैयाँ र चालिस हजार रुपैयाँ रहेको आयोजक १२ खरि मिडियाले जनाएको छ । कार्यक्रममा उत्कृष्ट २२ कथाकारहरुलाई पनि प्रमाणपत्रसहित पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top