Nepal Times
Nepal Times
3
Shares

‘सिटामोलको अभाव छैन, अरू औषधिको पनि मूल्य बढेको छैन’

‘सिटामोलको अभाव छैन, अरू औषधिको पनि मूल्य बढेको छैन’

७ जेठ, काठमाडौं ।

नेपाल औषधि उत्पादक सङ्घ नेपालले प्यारासिटामोल लगायतका औषधि पर्याप्त रहेको बताएको छ ।

बजारमा सिटामोल समेत नपाएको खबर आएको भन्दै सङ्घले अहिले औषधि अभाव नभइ ढुवानी तथा कुरियरमा समस्या आउँदा केही ठाउँमा अभाव देखिएको र वितरणलाई सुधार गर्ने पहल भइरहेको बताएको छ ।

(बिहीवार) हिजोसम्मको विज्ञप्ति निकालेर मौज्दात हेर्दा कुनै पनि औषधिको अभाव नभएको भन्दै अनावश्यक खरिद र भण्डारण नगर्न बिक्रेता तथा उपभोक्ताहरूलाई सङ्घले आग्रह गरेको छ ।

साथै अहिले कुनै पनि औषधिको मूल्य नबढाएकाले बढी मूल्यमा किनबेच नगर्नसमेत सङ्घले आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.