Nepal Times
Nepal Times
3
Shares

सिटिजन्स बैंकको नाफा १ अर्ब ५४ करोडभन्दा बढी

सिटिजन्स बैंकको नाफा १ अर्ब ५४ करोडभन्दा बढी

७ बैशाख, काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष खुद नाफा ४१ दशमलव ६१ प्रतिशत बढी भएको छ ।

गत वर्ष रू. १ अर्ब ९ करोड १२ लाख ४५ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ५४ करोड ५३ लाख ४० हजार यो नाफा गरेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीको शेयरधनीहरुका लागि लाभांशको रुपमा वितरण गर्न सकिने वितरणयोग्य नाफा भने रू. १ अर्ब ३४ करोड ६२ लाख ३० हजार रहेको छ । यस त्रैमाससम्म कम्पनीले रेगुलेटरी रिजर्भमा रू. ३ करोड १४ लाख ६८ हजार छुट्याएको छ ।

कम्पनीको गत वर्षभन्दा यस वर्ष सञ्चालन नाफा २९ दशमलव ३८ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ९७ करोड ७ लाख २ हजार यो नाफा गरेको हो ।

खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा यो वर्ष ४३ दशमलव ६८ प्रतिशत बढी भएको छ । गत वर्ष रू. २ अर्ब २४ करोड ४८ लाख १३ हजार खुद ब्याज आम्दानी भएकोमा यस वर्ष रू. २ अर्ब ५४ करोड ८ लाख २० हजार यो आम्दानी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६६ करोड २० लाख ४० हजार रहेको छ भने जगेडा कोष रकम रू. ४ अर्ब ९ करोड १० लाख ९४ हजार छ ।

जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष २० दशमलव ५८ प्रतिशत बढी कायम भएको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ४३ दशमलव ६८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ३७ दशमलव ९२ प्रतिशत कर्जाृ प्रवाह गरेको छ ।

गत वर्ष रू. ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार निक्षेप संकलन भएकोमा यस वर्ष रू. १ खर्ब २७ अर्ब १४ करोड ८७ लाख ६५ हजार संकलन भएको छ ।

गत वर्ष रू. ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. १ खर्ब ८ अर्ब ९२ करोड २२ लाख १३ हजार कर्जा प्रवाह गरेको छ ।

यस वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात भने गत वर्षभन्दा बढी कायम भएको छ । गत वर्ष शून्य दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ८३ प्रतिशत पुगेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. १४६ दशमलव ८७ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.