×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिटीको पुनरागमन जित, चेल्सी पराजित

२७ माघ २०८१

२७ माघ , एजेन्सी ।
एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २–१ ले हरायो । खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलबाट लेटनले अग्रता लियो ।

५६औं मिनेटमा अब्दुकोदिर खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि ब्रुएनाले ७९औं मिनेटमा गरेको गोलले सिटी विजयी भयो । अर्को खेलमा ब्राइटनले चेल्सीलाई २–१ ले पराजित गर्यो । पाँचौं मिनेटमा चेल्सीका कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा ब्राइटनका गोलकिपर बार्ट फरब्रुग्गनबाट आत्मघाती गोल भयो ।

चेल्सीले अग्रता लामो समय टिकाउन सकेन । १२ औं मिनेटमा जर्जिनियो रुटरले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । काउरो मितोमाले ५७औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

एफ कपमा शनिवारका अन्य खेलमा न्युक्यासलले बर्मिंघमलाई ३–२ ले, इप्स्विचले कोभेन्ट्रीलाई ४–१ ले, मिलवालले लिड्स युनाइटेडलाई २–० ले, बर्नलीले साउथह्यामटनलाई १–० ले, बोर्नमाउथले एभर्टनलाई २–० ले, फुलहलले विगानलाई २–१ ले पराजित गर्यो ।

उता किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १–१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे ।

खेलमा अग्रता एट्लेटिकोले लिएको थियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले ५०औं मिनेटमा बराबरी गोल गर्दै रियललाई खेलमा फर्काए । रियल २३ खेलबाट ५० अंकका साथ तालिकाको शीर्ष र एट्लेटिको ४९ अंकका साथ दोस्रो स्थानमा छ ।

रियलले मंगलबार म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिग नकआउट चरणको पहिलो लेग खेल्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top