Nepal Times
Nepal Times
3
Shares

सिड्नीमा लकडाउन लम्ब्याइयो

सिड्नीमा लकडाउन लम्ब्याइयो

१३ साउन, काठमाडौँ ।
अष्ट्रेलियाको सिडनीमा लकडाउन लम्ब्याइएको छ । कोभिड–१९ को सङ्क्रमण बृद्धि हुँदै गर्दा लकडाउन थपिएको हो ।

कोभिड–१९ को डेल्टा स्वरुपको सङ्क्रमण फैलिएपछि गत् जुन अन्तिम सातादेखि अष्ट्रेलियाको सिडनीमा लकडाउन जारी गरिएको थियो । सिडनीमा हालसम्म दुई हजार पाँच सय जना सङ्क्रमित थपिएको जनाइएको छ ।

राजधानी शहर सिडनी रहेको न्यू साउथ वेल्समा बुधबार मात्रै १७७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जुन गन् मार्च २०२० यताकै सबैभन्दा बढी हो ।

न्यू साउथ वेल्सकी प्रिमियर ग्लैडी बेरेजिक्लैनले अत्यावश्यक काम बाहेक घरमै रहन तथा बजार गर्न दश किलोमिटरभन्दा बढी दूरी पार गर्न नहुने आदेश जारी गरेकी छन् । सिडनीमा आगामी शुक्रबार लकडाउन समाप्त हुँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.