×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प

१६ फाल्गुन २०८१

१४ फागुन, काठमाण्डौ ।

आज एकाविहानै काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै विहानीको मस्त निन्द्रामा सुतिरहेका ससर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले जानकारी दिएका छन् ।

भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताएका छन् । विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको उनले बताएका छन् ।

हाल भूकम्पको परकम्प जाने क्रम जारी छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार भौतिक र मानवीय क्षति भएको छैन ।

दुगुनागडीमा सामान्य पहिरो गएको उल्लेख गर्दै उनले प्रहरी चौकीको भवन पनि सामान्य चर्केको बताए । प्रहरीका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको छ ।

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको छ । यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।

विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष पूरा हुन लागेको छ । त्यसको परकम्प अझै मापन गरिँदै छ । सानाठूला गरेर गोरखा भूकम्पका ६० हजारभन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आजको ६.१ म्याग्निच्युडको धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताएका छन्। गोरखा भूकम्पको यो पाँचौँ ठूलो परकम्प हो । उक्त भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ६०२ परकम्प मापन गरिएको उनले बताएका छन् ।

०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो भूकम्प र परकम्पमा करिब नौ हजारजनाले ज्यान गुमाए । २२ हजारभन्दा धेरै मानिस घाइते भए । ठूलो भौतिक क्षति पनि भयो ।

त्यही भूकम्पका ६ म्याग्निच्युडदेखि माथिका पाँच परकम्प मापन गरिएको छ । परकम्प पनि भूकम्पीय धक्का नै हो । यो यति समयसम्म आउँछ भनेर यकिन गर्न नसकिने भूकम्पविद् बताउँछन् । अमेरिकामा एउटै भूकम्पको परकम्प २०० वर्षसम्म पनि आइरहेको भूकम्पविद्हरुले बताएका छन् ।

भूकम्पविद्का अनुसार, पूर्ववत् अनुपातमा नफर्कुन्जेलसम्मको अवस्थालाई परकम्प भनिन्छ । त्यो भनेको मुख्य भूकम्प जानुभन्दा अगाडिको अवस्थामा नफर्कंदासम्म दरार क्षेत्रमा मापन गरिने कम्पन परकम्प हुन्छ ।

यसैबीच नेपालपछि पाकिस्तानमा पनि आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः५७ बजे ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट १० किलोमिटर तल रहेको थियो । पछिल्लो समय भारत, पाकिस्तान र नेपालमा भूकम्पका धक्काहरू आइरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top