×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सिरहामा माओवादीको प्रदर्शन, सडक अवरूद्ध

१० मंसिर २०७९

१० मंसिर, काठमाण्डौ ।

नेकपा माओवादी केन्द्र कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेको छन् । सिरहा ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय ¥यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विश्वनाथ साहका दाजुको घरमा ढुंगामुढा गरेपछि त्यसको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

राती करिब १० बजेपछि प्रहरीले बाटो खुलाएको थियो । एमाले कार्यकर्ताले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको माओवादी कार्यकर्ताको आरोप छ । टाउकोमा चार वटा टाँका लगाइएका साहको अहिले गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ ।

नवनिर्वाचित सांसद श्रेष्ठले माफी माग्नुपर्ने र दोषीलाई पक्राउ गर्नुपर्ने प्रदर्शनकारीको माग छ । घटनाको विरोधमा माओवादी कार्यकर्ताहरूले बजारसमेत बन्द गराएका छन् । तथापी गाडीहरू स्कटिङ गरेर पास गराइने गरिएको सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

सडक खुलाउन एमाले, माओवादी र स्थानीय प्रशासनबीच वार्ताको तयारी भइरहको प्रहरीले जनाएको छ । यता महोत्तरी १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध गरेको छ ।

गणकले गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार वीरेन्द्र महतोले आरोप लगाएका छन् । क्षेत्र नं १ को निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने तयारी भइरहेको जनाएको छ ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठले मुचुल्का उठाउँदा गरिएको समयमा त्रुटी भएको तर डेटा अपडेट गर्दा त्यो त्रुटी नहुने हुँदा मत अन्यत्र जाने कुरा असम्भव भएको बताएका छन् । अन्य पार्टीमा मत गएको दाबी गर्दै आफ्नो मत संरक्षण गर्नुपर्ने माग गर्दै जनमतका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top