×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सीताको निधनप्रति दुःख व्यक्त गर्न चिनियाँ र अमेरिकी टोली नेपालआउँदै

२८ असार २०८०

२८ असार,एजेन्सी ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् ।

सीता दाहालले माओवादी केन्द्रमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको निमन्त्रणामा भएको द्विपक्षीय छलफलमा उनको सहभागिता रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासमा नेतृत्व गर्नका लागि प्रधानमन्त्री दाहालको दृढशक्तिको कामना समेत गरेको छ । यसैबीच एक उच्चस्तरीय चिनियाँ प्रतिनिधि टोली नेपाल भ्रमणमा आउन लागेको छ । भोलि अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु पनि नेपाल भ्रमणमा आउँदै छन् ।

उनी फर्केपछि उच्चस्तरीय चिनियाँ प्रतिनिधि नेपाल भ्रमणमा आउन लागेका छन् । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले एक दिने भ्रमणका क्रममा काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार त्यसबाहेक लुले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने छन्।

लु यसअघि एमसिसी परियोजना संसदबाट पारित हुने क्रममा रहेका बेला नेपाल आएका थिए। लुको भ्रमण सार्वजनिक भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय भ्रमण हुन लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन जुयान ७ साउनमा नेपाल भ्रमणमा आउँदैछन् । उनी जोङ्किङ शहरको प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । साथै, नेपाल र चीनको विकास साझेदारीका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणको तयारीका लागि अहिले चिनियाँ टोली काठमाडौंमा छ ।

विभिन्न सरोकारवालासँग छलफल गरिरहेको यो टोलीपछि युआन नेतृत्वको टोली काठमाडौं ओर्लिन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीनको भ्रमणको पूर्वसन्ध्यामा युआनको भ्रमण हुन लागेको छ । त्यसैले पनि यो प्रतिनिधिमण्डलको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पछिल्ला दिनमा अमेरिकी र चिनियाँ प्रतिनिधिहरूको नेपाल भ्रमण निकै बाक्लो भएको छ । चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंबाट फर्केपछि अमेरिकी सहायता परियोजना (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस बी अलब्राइट काठमाडौं आउने कार्यक्रम छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top