×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सी सँग बाइडेनको अन्तिम भेट,तिक्कतादेखि युद्धसम्म छलफल

२ मंसिर २०८१

२ मंसिर,एजेन्सी ।

विदा हुनै लागेका अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका छन्। पेरुको लिमामा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) फोरमको सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

राष्ट्रपतिका हैसियतमा बाइडेनको सीसँगको यो अन्तिम भेट हो। किनभने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनापछि पदभार ग्रहण गर्दैछन्। निर्वाचित राष्ट्रपति ट्रम्पले ‘अमेरिका पहिलो’ व्यापार रणनीतिअन्तर्गत चिनियाँ सामानको अमेरिकी आयातमा ६० प्रतिशत कर लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेइजिङले यसको विरोध गर्दै आएको छ। उनले २०१६ देखि २०२० सम्मको आफ्नो राष्ट्रपतिकालमा चीनसँग रहेको आर्थिक विवादलाई फेरि जीवित पार्ने सम्भावना छ। चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार सीले चीन नयाँ प्रशासनसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

उनले राष्ट्रपति जो बाइडेनसँग अन्तिम वार्तामा साइबर अपराध, व्यापार, ताइवान, दक्षिण चीन सागर र रूससम्मका विवादका विषयमा कुराकानी गरेको समाचारमा उल्लेख छ। ‘चीनको स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धको लक्ष्य ट्रम्पको कार्यकालमा पनि अपरिवर्तित रहन्छ’, राष्ट्रपति सीले बाइडेनसँग भनेका छन्।

उनले दुवै देशबीच भएका उतारचढाव स्वीकार गर्दै भने, ‘चीन नयाँ अमेरिकी प्रशासनसँग सञ्चार कायम राख्न, सहकार्य विस्तार गर्न र मतभेदलाई व्यवस्थापन गर्न तयार छ।’ डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किन दुई महिना बाँकी रहँदा अमेरिकी अधिकारीहरूले संक्रमणकालमा द्वन्द्वको जोखिम बढेको देखिरहेका छन्।

कतिपय विश्लेषकहरूले ट्रम्पको कार्यकालको सुरुवातसँगै दुई महिनापछि चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरेका छन्। राष्ट्रपति बाइडेनले सीलाई शीर्ष तहमा वार्ता जारी राख्नु आफूले पद छोडेपछि पनि अत्यावश्यक हुने बताएको बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

बाइडेनले चीनसँग तनाव घटाउने उद्देश्य राख्दै आएका छन्। यद्यपि प्रमुख समस्याहरूमा कुनै ठोस सफलता हुन सकेको छैन। बाइडेन र सीले आणविक हतियारको प्रयोगबारे निर्णय लिन मानिसले नै भूमिका खेल्नुपर्नेमा सहमति जनाएका छन्।

आणविक हतियारको प्रयोगबारे निर्णय लिन कृत्रिम बौद्धिकता उपयोग गर्न नहुनेमा उनीहरू सहमत भएका हुन्। ‘दुवै नेताहरूले आणविक हतियार प्रयोग गर्ने निर्णयमा मानव नियन्त्रण कायम राख्न आवश्यक रहेको स्पष्ट पारेका छन्’, ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा उल्लेख छ।

दुवै नेताहरूले सैन्य क्षेत्रमा कृत्रिम बौद्धिकताको सम्भावित जोखिमबारे गम्भीर हुन र यो प्रविधि सावधानीपूर्वक विकास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएको वक्तव्यमा छ। सीले बाइडेनसँग ताइवान, लोकतन्त्र, मानवअधिकार र विकासको अधिकारलाई चीनका लागि महत्त्वपूर्ण रहेकाले यी मुद्दामा प्रश्न उठाउन नहुने बताएका थिए।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार राष्ट्रपति सीले बाइडेनसँग भनेका छन्, ‘ताइवानको मुद्दा, लोकतन्त्र र मानवअधिकार, प्रणाली र मार्ग तथा विकासका चासो चीनका चार प्राथमिकता हुन्, जसलाई चुनौती दिन मिल्दैन।’

चिनियाँ अखबार ग्लोबल टाइम्सले भेटमा सीले चीनका चार रेड लाइन पार नगर्न बाइडेनलाई सुनाएको उल्लेख गरेको छ । ती चार रेड लाइनहरूमा क्रमशः ताइवान प्रश्न, प्रजातन्त्र तथा मानव अधिकार, चीनको बाटो र प्रणाली, चीनको विकासको अधिकार भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीनले ताइवानलाई आफ्नो क्षेत्रका रूपमा दाबी गर्दै आएको छ। अमेरिका स्वशासित टापुको मुख्य सुरक्षा सहयोगी हो, यद्यपि उसले कूटनीतिक रूपमा ताइपेईलाई मान्यता दिएको छैन। सीले दक्षिण चीन सागरमा टापु र चट्टानबारेको द्विपक्षीय विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन्।

उनले यस क्षेत्रमा ‘उक्साउने कार्यलाई सहयोग नगर्न’ पनि बाइडनेसँग आग्रह गरेका छन्। चिनियाँ राष्ट्रपति सीले एक पक्षले अर्को पक्षलाई प्रतिद्वन्द्वी वा शत्रुका रूपमा हेरेमा दुई देशबीचका सम्बन्ध ‘घुम्ती र मोडहरू झेल्न सक्ने वा पछाडि धकेलिने’ स्थिति आउन सक्ने चेतावनी दिएका छन्।

बाइडेनले विगत चार वर्षका घटनाक्रम र दुई देशबीचको लामो सम्बन्धलाई झल्काउने गरी अभिव्यक्ति दिएका छन्।’पछिल्ला चार वर्षमा, चीन–अमेरिका सम्बन्धले धेरै उतारचढाव अनुभव ग¥यो।

तर हामी दुईको नेतृत्वमा फलदायी संवाद र सहकार्य भएका छन्, जसले समग्रमा स्थिरता ल्याएको छ’, बाइडेनले भनेका छन्। दुई राष्ट्रपतिहरुले उत्तर कोरिया, रुस–युक्रेन युद्धबारे पनि छलफल गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top