Nepal Times
Nepal Times
3
Shares

सुचना र प्रविधिलाई जोड्दै खैरहनी नगरपालिका

सुचना र प्रविधिलाई जोड्दै खैरहनी नगरपालिका

चितवन, बैशाख ११
चितवनको खैरहनी नगरपालिकाले सूचना र प्रविधिलाई जोड्ने क्रममा बुधवारदेखी मोवाईल एपको सेवा सुरु गरेको छ । मोवाईल एपमार्फत नगरपालिकाका जनप्रतिनिधीहरुको विवरणसहित अन्य गतिविधीहरु थाहा पाउन सकिने छ । नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार मोवाईल एपमार्फत नगरपालिकाको परिचय,जनप्रतिनिधीको विवरण, कर्मचारीको विवरण, कार्यक्रम र वजेट, सुचना, गुनासा तथा सुझाव, धार्मिक पर्यटकीय स्थान, प्रशासनिक निकाय, विभिन्न संघसंस्था, शैक्षिक संस्था,आपतकालिन नम्वर लगायत हेर्न सकिने छ ।

खैरहनी नगरपालिकाले सुचना र प्रविधिलाई जोड्ने क्रममा डिजिटल नागरीक वडापत्र, सिसिक्यामेरा जडान, प्रत्येक वडामा अनलाईन मार्फत घटना दर्ता सेवा, विद्युतिय हाजिरी, वेवसाईड, अललाइन मार्फत ठेक्का पट्टाको काम सुरु गरिसकेको छ ।

मोवाईल एपको बुधवार एक कार्यक्रमका बीच नगरपालिकाका मेयर लालमणी चौधरीले सुभारम्भ गरे । सो अवसरमा मेयर चौधरीले समयको माग अनुसार सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्न मोवाईल एपले मद्यत पुग्ने विश्वास व्यक्त गरे ।

सुचना प्रविधिले धेरै फड्को मारिसक्यो मेयर चौधरीले भने घरमै वसेर जानकारी लिईसकेपछि कार्यालय आउँदा सरल र सहज रुपमा सेवाग्राहीले सेवा पाउँछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सुसासनको पाटोमा सुचना प्रविधिको भुमिका महत्वपुर्ण हुने बताए ।

खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनीले नगरको परिचय र विज्ञापनका लागि पनि मोवाईल एपले भुमिका खेल्ने वताए । नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत सुरेश चौधरीले मोवाईल एपका बारे जानकारी गराएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.