×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुडानमा रहेका विदेशीहरुको उद्धार सुरु

११ बैशाख २०८०

११ वैशाख, एजेन्सी ।
उत्तर अफ्रिकी मुलुक सुडानमा शक्ति संघर्षका लागि सेना र अर्धसैनिक बलका प्रमुखबीचको तनाव ठूलो लडाँइमा परिणत भएको छ । गत साताको शनिबार सुरु भएको द्धन्द्धमा अहिलेसम्म ४०० भन्दा बढी मारिएका छन् भने सयौं घाइते भएका छन् ।

द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् ।अमेरिका र बेलायतले सुडानको राजधानी खार्तुमबाट आफ्ना कुटनीतिज्ञ र उनीहरुको परिवारलाई बाहिर निकालेको जनाएको छ ।

यस्तै, फ्रान्स, जर्मनी, इटली र स्पेनले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन् । भारतले पनि खार्तुममा रहेका आफ्ना नागरिकको उद्धार गर्न सबै तयारी पूरा भएको जनाएको छ ।

नेपालले पनि सुडानमा युद्ध सुरु भएसँगै त्यहाँ रहेका नेपालीहरूबारे विवरण संकलन गर्न सुरु गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुडानमा नेपाली सेनाको शान्ति मिसन समेत रहेको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनअन्तर्गत त्यहाँ शान्ति स्थापनाका लागि ६ जना सैनिक रहेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्र संघीय मिसनले नै नेपालसहित त्यहाँ रहेका सेनाहरूको उद्धारको तयारी गरिरहेको नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल कृष्णप्रसाद भण्डारीले बताएका छन् । सोहीअनुसार आइतबार नै नेपाली शान्ति सैनिक छिमेकी मुलुकहरूमा गएको उनले बताए ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले त्यहाँ रहेका नेपालीहरूको विवरण संकलन भइरहेको बताएकी छन् । लम्सालले सुडानमा विभिन्न संस्थाहरूमा काम गर्ने नेपाली र अन्य नेपालीको संख्या कति छ भन्ने एकिन भइनसकेको जानकारी दिइन् ।

त्यहाँ रहेका नेपालीहरूले आफ्नो स्थितिबारे जानकारी दिएपछि समस्यामा परेकाहरूको उद्धारका लागि सोहीअनुसार काम थाल्ने परराष्ट्रको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top