Nepal Times
Nepal Times
3
Shares

सुदूरपश्चिमका पहाडी जिल्लामा रातिदेखि हिमपात, सडक अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा रातिदेखि हिमपात, सडक अवरुद्ध

१४ पौष, बझाङ । सुदूरपश्चिमका पहाडी जिल्लामा मंगलबार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् ।

सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएसँगै तराई पहाडका लागि गुडेका गाडीहरु बाटोमै रोकिएका छन् । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.