Nepal Times
Nepal Times
3
Shares

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ र बोहराले लिए मन्त्रीको सपथ

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ र बोहराले लिए मन्त्रीको सपथ

१ असाेज, धनगढी।

सुदूर पश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजबादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । शुक्रबार साँझ अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहराले पद तथा गोपनीयताको सपथ ग्रहण  गरेका हुन्

अर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गा प्रसाद यादव र अर्थ राज्य मन्त्री बोहरालाई मुख्यमन्त्री त्रिलाेचन भट्टले सपथ गराएका हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।

तारा लामा तामाङ पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यस अघि नेकपामा विवाद हुदा ओलि पक्षमा थिइन् । तामाङ प्रमुख सचेतक रहेकै वेला दलका नेता रहेका शाहले उनलाई उक्त जिम्मेवारी बाट हटाएका थिए । अहिले तिनै शाहको स्थानमा तामाङ मन्त्री बन्न लागेका हुन् । नेकपामा बिबाद हुदा पनि ओलि पक्षमा उभिएकी समानुपातिक प्रदेश सभा सदस्य तामाङले मुख्य मन्त्रीलाई बिश्वासको मत दिने बेला पनि विपक्षमा मतदान गरेकी थिइन् ।

एमाले बाट उनी अन्तिममा सनाखत गरेकी हुन् । १३ जना प्रदेश सभा सदस्य पुराएको नेकापा एसले तामाङकै सनाखत पछि सबै भन्दा ठूलो दल बनेको हो ।

अहिले १४ प्रदेश सभा सहित नेकापा एक सबै भन्दा ठुलो दल बनेको छ भने माओवादीका १३, काङ्ग्रेसको १२, एमालेको ११, जनता समाजवादी पार्टीको १ र लोकतान्त्रिक समाजवादिको १ प्रदेश सभा सदस्य छन् । शुक्रबार दुई मन्त्री नियुक्त भएसंगै नेकपा एसकाको भागमा चार मन्त्री र तीन राज्यमन्त्री पुगेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.