×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदूरपश्चिममा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

९ असार २०७७

९ असार, कैलाली ।
सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ६१ थियो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक, एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीमा तीन सय ८७, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौ, अछाममा ८२, बाजुरामा ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top