Nepal Times
Nepal Times
3
Shares

सुदूरपश्चिमाञ्चल एकेडेमीः शेयर धनीबीच विवाद, विद्यार्थीले गरे तालाबन्दी

सुदूरपश्चिमाञ्चल एकेडेमीः शेयर धनीबीच विवाद, विद्यार्थीले गरे तालाबन्दी

१० माघ, धनगढी ।
धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमीमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।

शेयर धनीबीच विवाद बढ्दै गएपछि पठन–पाठन ठप्प भएको भन्दै विद्याथीले तालाबन्दी गरेका हुन् । यस अघि एकेडेमीमा दुई दिनदेखि प्राध्यापक संघले पेन डाउन गरेको छ । प्राध्यापक संघले गरेको पेन डाउनका कारण विद्यार्थीको अध्ययन रोकिएको छ ।

विद्यार्थी युनियनका अध्यक्ष छत्र कठायतले एकेडेमीको प्रशासन, लेखा र विभागहरुमा ताला लगाएको बताए । उनले सञ्चालकको विवादका कारण विद्यार्थीको पढाई प्रभावित भएको बताए ।

प्राध्यापक संघले शिक्षक कर्मचारीको तलब बृद्धीको माग गर्दै बिहीबारदेखि पेन डाउन गरेको थियो । प्रत्येक वर्ष बढ्दै आएको तलब यसवर्ष शेयर धनीहरुको विवादका कारण नबढेको भन्दै पेन डाउन गरिएको प्राध्यापक संघले जनाएको छ ।

विगतमा कलेजका अध्यक्ष समेत रहेका योगेन्द्र शाही र पूर्व राज्यमन्त्री समेत रहेका नरेशवहादुर सिंहको कलेजमा शेयर रहेको थियो । सिंहले तीन वर्ष अगाडि व्यापारी नरेश थापा सहित कलेजमै अध्यापन गराउँदै आएका कटक जप्रेल, उत्तम सिंह भण्डारी र मनोज पन्तलाई २५ प्रतिशत शेयर बिक्री गरेका थिए ।

सिंहले एक वर्ष अगाडि बाँकी २५ प्रतिशत शेयर पनि तिनै चार जनालाई बिक्री गरेपछि कलेजमा अहिले ५० प्रतिशत शेयर अध्यक्ष शाही र बाँकी चार जनाको ५० प्रतिशत शेयर रहेको छ । तर दोश्रो पटक बिक्री गरिएको शेयर अहिले सम्म दाखिला नहुँदा विवाद बढेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.