Nepal Times
Nepal Times
3
Shares

सुनकोशी–मरिन डाइभर्सनको आज शिलन्यास, शिलन्यासका लागि प्रधानमन्त्री सिन्धुलीमा

सुनकोशी–मरिन डाइभर्सनको आज शिलन्यास, शिलन्यासका लागि प्रधानमन्त्री सिन्धुलीमा

२० फागुन, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास हुने भएको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुली गएका छन् ।

सुनकोशी नदीको पानीलाई झण्डै १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर बनाइने यो आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य राखिएको छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउदेश्यीय अयोजनालाई राष्ट्रिय योजना आयोगले २०७३ मा अगाडि बढाउने निर्णय गरेको थियो । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ ।

१३ दशमलव ३ किलोमिटरको सुरुङ बनाइने छ । २०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

यो आयोजनाबाट विद्युतसँगै प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि पुग्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.