Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज तोलामा एक हजारले घट्यो

सुनको भाउ आज तोलामा एक हजारले घट्यो

२० फागुन, काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । भाउ घटेर आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको भाउ आज फेरि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोनाको जोखिम पछि भएको लकडाउनका क्रममा तोलामा एक लाख रुपैयाँ कटेको सुनको भाउ अहिले घट्न थालेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.