Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ प्रतितोला १ हजार ६ सयले बढ्यो

सुनको भाउ प्रतितोला १ हजार ६ सयले बढ्यो

१८ मंसिर, काठमाडौं । सुनको भाउ आज एकैदिन १ हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १८ सय ३६ डलर पुगेको छ ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको शाक्यले बताए । यस्तै आज चाँदी पनि भाउ बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा ११ सय ८५ रुपैयाँ थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.