Nepal Times
Nepal Times
3
Shares

सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान

सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान

३१ असार, काठमाडौं । नेपालमा आज सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो । हिजो छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

आज तेजावी सुनको मूल्य पनि बढेको छ । हिजो ९१ हजार ७ सय ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.