१० असार, काठमाडौँ ।
सुनको मूल्यले इतिहासकै सबैभन्दा महंगो रेकर्ड बनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।