७ असार, काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि संसारभर बढीरहेको सुनको मूल्यको नेपालमा भने कर बढेपछि झनै आकाशिएको थियो।
असार ५ गते तोलाको ८९ हजार ९ सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ ।
असार ५ गते तोलाको ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ बढेर ९४० पुगेको छ ।