×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

१४ चैत्र २०८१

१५ चैत ,काठमाण्डौ ।

आज फेरि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर सुनको मूल्यले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

सुनको मूल्य आज प्रतितोला एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो । यसअघि यही चैत ६ गते सुनको मूल्य एक लाख ७६ हजार रुपैयाँ पुगेर घटेको थियो ।

हिजो बढेको सुनचाँदीकै मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला एक हजार तीनसय रुपैयाँ बढेर एकलाख ७४ हजार आठसय रुपैयाँ पुगेको थियो ।

गएको बुधबार पनि सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ बढेको थियो । गत साताको शुक्रबारदेखि मंगलबारसम्म सुनको मूल्य लगातार घटेको थियो । त्यसयताका तीन दिन भने लगातार सुनको मूल्य बढिरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ । चाँदीको मूल्य आज तोलाको दुई हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो ।

त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको थियो । घरेलु बजारमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारसमेत सुनको भाउ उकालो लागिरहेको छ ।

यो वर्ष सुनको मूल्यले १७ पटकसम्म अल हाइम हाईको उचाई चुमेको छ । बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै विश्लेषकहरुले छिट्टै नै सुनको मूल्य प्रतिऔंस ३१ सय डलर पुग्ने आँकलन गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारका विभिन्न क्षेत्रमा ट्यारिफको घोषणा गरेसँगै बढेको अनिश्चितताका कारण सुनमा लगानी गर्नेको संख्या बढेको छ । ट्रम्पले हालैमात्रै अप्रिल २ देखि अमेरिका आयात हुने सवारी साधन तथा पाट्सहरुमा २५ प्रतिशत ट्यारिफको घोषणा गरेका छन् ।

यसअघि उनले क्यानडा, मेक्सिको र चीन जस्ता देशहरुमाथि पनि करको घोषणा गरेका थिए । यी देशहरुले समेत अमेरिकामाथि ट्यारिफ लगाउने बताएका छन् । जसका कारण विश्व व्यापारको कालो बादल मडारिएको छ ।

यस्तै विश्वका केन्द्रीय बैंकहरुले समेत सुनको भण्डारण बढाएका छन् । जसका कारण माग बढ्दा मूल्य उकालो लागेको विश्लेषकले बताएका छन् । विश्वमा आर्थिक र राजनीतिक संकट बढ्दा सुनलाई सुरक्षित लगानीको रुपमा लिइन्छ र कम ब्याजयुक्त वातावरणमा यसको मूल्य फस्टाउने गर्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top