Nepal Times
Nepal Times
3
Shares

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

९ असोज, काठमाडौं । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ३ हजार एक सय रुपैयाँ घटेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँ बढ्यो । तर मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँमा झर्यो । त्यही भाउमा बुधबार र बिहीबार तोलामा एक हजार २ सय, एक हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नाफा सुरक्षित गर्नको लागि सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । तर आज सुनको भाउ घटे पनि डलर मजबुत हुँदा नेपालमा भाउ बढेको हो ।

यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.