×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटियो

७ फाल्गुन २०८१

७ फागुन , विराटनगर।

सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृषि फर्ममा बर्डफ्लु पुष्टि भएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले बर्डफ्लु भेटिएको पुष्टि गरेकोछ ।

कार्यालयका अनुशार फर्ममा अण्डा पार्ने ५ सयवटा ठूला हाँस रहेकोमा ४५० वटा डेढ महिनाको बच्चा हाँस थिए । त्यसमध्ये ठुला मात्रै २५० वटा मरेका छन् भने सानो २ सय ५० वटा मरेका छन् । बर्डफ्लु पुष्टि भएसँगै पशुपक्षी मन्त्रालयले मंगलबार पत्राचार गर्दै चार किल्लाभित्रको क्षेत्रमा रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजीकरण गर्ने पत्राचार गरेको छ ।

बर्डफ्लु नियन्त्रण नियमावलीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बर्डफ्लु नियन्त्रण समिति रहने व्यवस्था छ । उक्त समितिको बैठक बसेर सबै सर्तकर्ता अपनाउने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका कार्यालय प्रमुख डा. मनोजकुमार महतोले बताएका छन् ।

डिस्पोज गर्नका लागि काठमाडौँको विज्ञ टोली पनि आउने छ । माघको अन्तिम सातातिर उक्त फर्ममा धमाधम हाँस मर्न थालेका थिए । तर, बर्डफ्लु भएको आशङ्का गरिएको थिएन । तर लगातार हाँस मर्न नछाडेपछि पिसिआर नमुना काठमाडौँ पठाइएकामा केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा बर्डफ्लु पुष्टि भएको थियो ।

हाँसमा सुरुमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने महतो बताएका छन् । उक्त फर्ममा एक दर्जनबढी कुखुरा पनि रहेकामा अहिले २–४ वटा मात्रै रहेको पशु सेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।

बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो । यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा र पंक्षीहरूको अति सङ्क्रामक रोग हो।

यो जतिबेला जहाँ पनि फैलन सक्छ। बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो । यो रोग मानिसमा पनि सर्न सक्छ। यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको थियो ।

थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको छ। खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ। बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ।

यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिनसक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग पनि भनिन्छ। मासु ७० डिग्री भन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा भने रोग नसर्ने चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top