×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुनसरी भयाे ५६ औँ खुला दिसामुक्त जिल्ला

२० असार २०७५

इटहरी, असार २०

सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश नं १ का वन, पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियत र खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक मनोज घिमिरेले संयुक्तरुपमा बिरुवामा पानी हाल्नु भई तथा बत्ती बालेर जिल्लालाई खुला दिसामुक्त भएको घोषणा गरे ।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरी, सुनसरी, स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समिति र युएन ह्याविट्याटको सहयोगमा नारी विकास संघ, प्रयास नेपाल लगायत दर्जनभन्दा बढी गैरसरकारी संस्थाको सक्रियतामा सुनसरी जिल्लाका एकलाख ४४ हजार ३४७ घरमा सबैले चर्पी निर्माण गरेर प्रयोग गरेको अनुगमन प्रतिवेदनले देखाएपछि यस जिल्लालाई खुला दिसामुक्त घोषित गरिएको हो ।

चर्पी निर्माण तथा प्रयोग र सरसफाइ अभियानमा यस जिल्लाका सम्पूर्ण शैक्षिक प्रतिष्ठान, स्थानीय तह, सञ्चारकर्मी राजनीतिक दल, धार्मिक गुरु, मिशन ओडिएफ टोलीलगायत सो क्षेत्रमा कार्यरत सामाजिक अगुवाको समेत सक्रियता रहेको थियो । जिल्लालाई खुला दिसामुक्त घोषित गर्नका लागि पछिल्लो समयमा नारी विकास संघ, प्रयास नेपाल, सामाजिक समुदाय विकास केन्द्र, प्लान नेपाल, युथ क्रियशन सुनसरी, नेपाल रेडक्रस सोसाइटी, पानी, वातावरण र जीवन संस्था (वेल), वल्र्डभिजनलगायतका संस्थाले सक्रिय भएर सरसफाइ अभियानमा कार्य गरेका थिए ।

उक्त अवसरमा कार्यक्रमको प्रमुख अतिथि भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले यस जिल्लालाई स्वच्छ, हराभरा र सफा राख्नका लागि समुदायस्तरबाट सवैले आआफ्नो घर, टोल र समुदाय नै सफा राख्ने विषयमा सधैँ सक्रिय रहनु पर्ने कुरामा जोड दिइन्। सोही अवसरमा राज्यमन्त्री चौधरीले जिल्लाको सरसफाइ कार्यमा सक्रिय विभिन्न स्थानीय तहका पदाधिकारी, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई सम्मानसमेत गरिन् ।

यसैगरी, सो अवसरमा विभागद्वारा सुनसरी जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई जिल्ला नै खुला दिसामुक्त घोषित गर्न सफल भएकोमा कदरपत्र मार्फत सम्मान गरियो । साथै उक्त कार्यक्रममा स्थानीय तहका तत्कालीन सचिव एवं अन्य अभियानकर्मीलाई समेत कदरपत्रमार्फत सम्मान गरियो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री सीताराम मेहता, एक नम्बर प्रदेशका प्रदेशमन्त्री जगदीशप्रसाद कुशियत, प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख तथा सांसद राजीव कोइराला, विभागका उपमहानिर्देशक मनोज घिमिरे, समन्वय समिति सुनसरीका सचिव डिभिजनल इञ्जिनियर देवनाग सिंह, नेपाली काँग्रेस सुनसरी सचिव केदार भण्डारी, भोक्राहा गाउँपालिका अध्यक्ष महेन्द्र यादव, युएन ह्याविट्याटका सुधार श्रेष्ठ, प्लान नेपालकी कलावती चोङवाङलगायतले बोलेका थिए।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्व्य समितिका अध्यक्ष गोपाल राजभण्डारीको अध्यक्षतामा भएको जिल्ला खुला दिसामुक्त घोषणा समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रमसँगै सरसफाइसँग सम्बन्धित जनचेतना विस्तारका कार्यक्रम र झाँकीसमेत प्रस्तुत गरिएकाे थिए ।
साथै, सोही समारोहमा जिल्लालाई खुला दिसामुक्त घोषित गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्ने ललिता लम्साल, सुजाता शाक्य, मुनु सिलवाल र तारा कार्कीलगायतलाई पनि विशेष सम्मान गरिएको थियो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top