११ चैत, बिराटनगर ।
सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका ३ का कृपानन्द मेहेताका २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
मंगलबार बिहान बालकपानीमा डुबेर मृत फेला परेकाथिए भने घटनाको जानकारी पाएलगत्तै जिल्लाप्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई अनुसन्धानकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी मोरङको बेलवारी नगरपालिका २ का २२ बर्षीय मित्रयाक्खा लोहन्द्राखोलामा पौडी खेल्न गएकोमा पानीमा डुबेर मृत्यु भएको छ । मंगलबार पानीमा डुबेर अचेत अबस्थामा फेला परेका याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।