×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुनिता र बुचको ९ महिने यात्रा,डल्फिनले गरे स्वागत

५ चैत्र २०८१

६ चैत , एजेन्सी ।

नौ महिनासम्म अन्तरिक्षको एकतमासको अन्धकारमा बिताएपछि अन्ततः सुनीता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किएका छन् । नासा अन्तरिक्ष यात्री सुनीता र बुच जसको फिर्तीको प्रतिक्षामा सारा विश्व रहेको थियो । प्राविधिक समस्याका कारण अन्तरिक्षमा फसेका यी अनुभवी एस्ट्रोनट्सले चुनौतीहरूलाई जित्दै अन्ततः पृथ्वीमा सुरक्षित अवतरण गरेका छन्।

फ्लोरिडाको समुद्र तटमा जब ड्र्यागन क्याप्सुल पानीमा अवतरण गर्यो, त्यही बेला देखियो एक मनमोहक दृश्य,डल्फिनहरूको एक झुन्ड स्पेसक्राफ्ट वरिपरि नाचिरहेको थियो। पौडिदै मार्दै, छालहरूसँग खेल्दै मानौं उनीहरू पनि सुनिता र बुचको स्वागत गर्न आएका थिए।

विश्वभर प्रत्यक्ष प्रसारण भएको यो ऐतिहासिक क्षण, एक सफल अन्तरिक्ष मिशनको अन्त्य र एउटा नयाँ अध्यायको सुरुवात बनेको छ । अब, पृथ्वीमा उनीहरूको पुनःस्थापनाको यात्रा सुरु भएको छ । नासाले उनीहरूलाई पुनर्वास प्रक्रियाका लागि ह्युस्टन केन्द्रमा पुर्याइसकेको छ, जहाँ उनीहरू आगामी ४५ दिन हिड्न, बोल्न,नियमित दैनिकीमा फर्किन,हरेक घटना क्रमहरुलाई साना बालबालिकाका रुपमा पुनःस्थापनाको प्रक्रियाबाट सिक्नेछन् ।

अब बुझौं सुनिता विलियम्स र बुच विलमोरको यो नौ महिनाको अविश्वसनीय यात्राअमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर अहिले विश्वभर चर्चामा छन्। यसको कारण भनेको उनीहरू करिब नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्कनु हो।

यी अन्तरिक्ष यात्रीहरू गएको वर्षको जुनदेखि अन्तरिक्षमा अड्किएका थिए।विभिन्न कठिनाइहरू सामना गरेपछि अन्ततः उनीहरूलाई बोकेको स्पेसक्राफ्ट फ्लोरिडाको समुद्री किनारमा सफल अवतरण भएको छ। ९ महिनाको अन्तरिक्ष बसाईमा सुनितासहित बुचको स्वास्थ्यलाई लिएर विश्व चिन्तित थियो ।

पटक पटक उनीहरुको फिर्तीका लागि तयर गरिएको योजना टर्दै गएपछि उनीहरुले पृथ्वी फर्किनु अघि नै गम्भिर स्वास्थ्य संकटको सामना गर्नुपर्ने हो कि भन्ने आशंका गरिएको थियो । तर उनीहरुले कहिल्यै हिम्मत हारेनन् । नासा नियमित उनीहरुको सम्पर्कमा थियो ।

यसबीचमा उनीहरु अमेरिकी राष्ट्रपति निर्वाचनमा समेत अन्तरिक्षबाटै सहभागी भए। साथै उनीहरु क्रिसमस मनाइरहेका देखिएका थिए भने कहिले पृथ्वीवासीसँग अन्तरक्रियामा समेत सहभागी भएका थिए । स्वास्थ संवेदनशीलतालाई ध्यानमा राखेर उनीहरु शारिरीक व्यायाम गरिरहेका तस्विरहरु समेत सार्वजनिक भएका थिए ।

यद्यपि सुनिताको थकित र दुब्लो शरीरका तस्विरहरु सार्वजनिक भएपछि भने पृथ्वीवासी चिन्तित बनेका थिए । नेपाली समयअनुसार बुधबार बिहानै यो ल्यान्डिङ सम्पन्न भएको हो । यस क्रममा आफ्ना अन्तरिक्षयात्रीहरूको स्वागत गर्न र रिसिभ गर्न नासाको टोली बोटसहित समुद्रमा उपस्थित थियो।

यो अवतरणको क्रममा समुद्रमा एक अनौठो दृश्य देख्न पाइयो, जतिबेला सुनिता विलियम्सको क्याप्सुललाई धेरै डल्फिनहरूले घेरा हालेका थिए । विश्वभर प्रत्यक्ष प्रशारण गरिएको सुनिता बुचको पृथ्वी अवतरण र डल्फिनले घेरिएको स्पेसक्राफ्टको दृश्य भाइरल बनेको छ ।

जब सुनिता विलियम्स र उनका साथीहरूलाई क्याप्सुलबाट बाहिर निकालिँदै थियो, त्यही बेला धेरै डल्फिन माछाहरू क्याप्सुलको वरिपरि तैरिरहेका थिए। उनीहरू यस घटनालाई अचम्मले हेरिरहेका जस्तो देखिन्थ्यो।

सफल अवतरणपछि उनीहरूलाई ४५ दिने पुनर्वास कार्यक्रमका लागि ह्युस्टनको केन्द्रमा पठाइएको छ। क्याप्सुल खुल्नेबित्तिकै अन्तरिक्ष यात्रीहरूलाई स्ट्रेचरमा सारिएको थियो । यद्यपि, उनीहरू बिरामी वा घाइते थिएनन्। त्यसो नभए पनि नासाको टोलीले सावधानीका लागि स्ट्रेचरको प्रयोग गरेको थियो ।

नासा वैज्ञानिकहरूका अनुसार, अन्तरिक्षबाट पृथ्वीमा फर्किएपछि शरीरमा केही अस्थायी परिवर्तनहरू देखा पर्छन्, जसका कारण तुरुन्तै हिँडडुल गर्न गाह्रो हुन सक्छ। टेक्सासस्थित राइस युनिभर्सिटीका एप्लाइड स्पोट्र्स साइन्स निर्देशक, जोन डेभिट भन्छन्, धेरै अन्तरिक्ष यात्रीहरू आफैं हिँड्न चाहन्छन्, तर सुरक्षा प्रोटोकल अनुसार उनीहरूलाई स्ट्रेचरमा सारिन्छ।

अन्तरिक्षमा शरीर भारहीन बन्छ। पृथ्वीमा फर्किंदा गुरुत्वाकर्षण पुनः प्रभाव पार्न थाल्छ, जसले चक्कर आउने, वाकवाकी लाग्ने जस्ता समस्या उत्पन्न गर्न सक्छ। अन्तरिक्षमा रहँदा यो प्रणाली पृथ्वीको गुरुत्वाकर्षण बिना नै काम गर्न अभ्यस्त हुन्छ।

तर, पृथ्वीमा फर्किएपछि फेरि गुरुत्वाकर्षण महसुस गर्दा शरीरलाई तालमेल मिलाउन समय लाग्छ। सुनिता विलियम्स र बुच विलमोर दुबै पूर्व नौसेना पाइलट हुन् र नासाका अनुभवी अन्तरिक्षयात्री मानिन्छन्। उनीहरू २०२३ को जुन ५ मा आठ दिनको मिसनका लागि अन्तरिक्ष गएका थिए।

यो बोइङ स्टारलाइनरको पहिलो क्रू उडान थियो, तर स्टारलाइनर क्याप्सुलमा आएको समस्याका कारण उनीहरू अन्तरिक्षमै फसे । यो मिसन पटक–पटक ढिलाइ भएपछि अन्ततः विलियम्सको सफल फिर्ती भएको छ।

५ जुन २०२३ मा नासाको बोइङ स्टारलाइनर क्रू टेस्ट फ्लाइट अन्तर्गत सुनिता र बुच अन्तरिक्ष गएका थिए। योजना अनुसार १३ जुन २०२३ मा पृथ्वी फर्किनुपर्ने थियो। तर, अन्तरिक्ष यानको थ्रस्टर (इंजन) सम्बन्धी समस्या देखिएपछि उनीहरूको फिर्ती स्थगित गरियो। दोस्रो स्थगन, जुलाई २०२३मा भयो ।

नासाले जुलाई २०२३ मा उनीहरूलाई फर्काउने योजना बनायो। तर, प्रणालीगत समस्याहरू (थ्रस्टरको कार्यक्षमता, हेलियम लिक) फिक्स नगरेसम्म उनीहरूलाई अन्तरिक्षमै राख्ने निर्णय गरियो। तेस्रो स्थगन सेप्टेम्बर २०२३मा भयो । सेप्टेम्बरमा उनीहरूलाई फर्काउने सम्भावना थियो, तर बोइङ स्टारलाइनरको थ्रस्टर परीक्षण अझै सफल नभएपछि फेरि स्थगित गरियो।

चौथो स्थगन डिसेम्बर २०२३मा भयो । नासाले डिसेम्बर २०२३ मा ल्याण्डिङ गर्ने सम्भावना व्यक्त ग¥यो। तर, हेलियम लिक र अन्य प्रविधिगत समस्या पूर्ण रूपमा समाधान नभइसकेको कारण अर्को स्थगन गरियो। पटक पटक स्थगनपछि अन्ततः आज विहान नेपाली समयअनुसार बुधबार बिहान ३ः३९ बजे ड्र्यागन स्पेसक्राफ्ट फ्लोरिडाको समुद्रमा अवतरण भएको हो।

स्पेस स्टेसनबाट पृथ्वीमा फर्कन क्याप्सुललाई करिब १७ घण्टा लागेको थियो। स्पेसक्राफ्ट अवतरणपछि नासाको रिकभरी टोलीले बोटमार्फत यात्रुहरूलाई बाहिर निकाल्यो। क्याप्सुल भित्रको र बाहिरको तापक्रम समान हुनुपथ्र्यो, त्यसैले अवतरणपछि केही समय पर्खेर मात्र यात्रुहरूलाई बाहिर निकालियो।

डोनाल्ड ट्रम्पले सुनीता विलियम्स र बुच विलमोरको सफल फिर्ताीलाई अमेरिकन जनता र नासाको विजय भनेका छन्। ट्रम्प र ह्वाइट हाउसको एक्स (ट्विटर) अकाउन्ट मार्फत यसबारे पोस्ट गर्दै लेखिएको छ, “वाचा गरियो र वाचा पूरा गरियो। राष्ट्रपति ट्रम्पले अन्तरिक्षमा फसेका अन्तरिक्षयात्रीहरूलाई सुरक्षित फर्काउने वाचा गरेका थिए, जुन आज पूरा भएको छ।“

ट्रम्पले यस घटनालाई अमेरिकी गौरवसँग जोड्दै यसलाई आफ्नो सफलताको रूपमा प्रस्तुत गरेका छन्। उनले जो बाइडन प्रशासनको आलोचना गर्दै मस्कलाई अन्तरिक्षयात्रीहरूको शीघ्र वापसी सुनिश्चित गर्न आग्रह गरेका थिए।

बोइङले नासाको क्रू फ्लाइट टेस्ट मिसन अन्तर्गत अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्ष स्टेसनसम्म लग्ने र फर्काउने योजना बनाएको थियो। तर, स्टारलाइनर क्याप्सुलमा आएको प्राविधिक समस्या का कारण उनीहरूको अन्तरिक्षयात्रा आठ दिनको सट्टा नौ महिनासम्म लम्बियो।

नासाले पुष्टि गरेको छ कि सबै अन्तरिक्षयात्रीहरू पूर्ण रूपमा सुरक्षित छन्। अब उनीहरू पुनर्वास प्रक्रियाबाट गुज्रेर आफ्नो सामान्य जीवनशैलीमा फर्किनेछन्। यस घटनाले अन्तरिक्ष यात्रा र यसको चुनौतीहरूप्रति विश्वव्यापी चासो पुनः बढाएको छ। अब, बोइङ र नासाले यस्तो समस्या दोहोरिन नदिने उपायहरू खोज्नुपर्ने समेत विश्वभरबाट सुझाव दिइएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top