×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

१२ मंसिर २०८२

११ मंसिर , काठमाण्डौ ।

भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख एवं तत्कालिन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरानैटीमा छाड्न आदेश दिएको हो । महारामाथिको आरोप र उनको उमेर समेत विचार गरी धरौटीमा छाड्ने आदेश दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भएका समयमा पनि पक्राउ परेका महरा साधारण तारेखमा छुटेका थिए । तत्कालीन गृहमन्त्री लामिछानेले उनी बिरामी रहेको भन्दै ‘राज्यको पनि करुणा हुन्छ’ भनेर बोलेको वाक्यांश चर्चित भएको थियो ।

‘जेनजी’ आन्दोलनपश्चात् अन्तरिम सरकार आएपछि उनलाई पुनः पक्राउ गरिएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश दिएको थियो । त्यसलाई बदर गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

उच्चले भने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो । गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उच्चले महरामाथि लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाण, उमेर र स्वास्थ्य अवस्थासमेतलाई मध्यनजर गर्दै पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो । महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् ।

सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी लिएको थियो । मोहरा विसं २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको बहुमत सरकार हुँदा सभामुख बनेका थिए ।

तर संसद् सचिवालयमै कार्यरत एक कर्मचारीमाथि यौन दुराचारको आरोप लागेपछि उनले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका थिए । सोही प्रकरणमा उनी पुर्पक्षका लागि जेल गएका थिए ।

करिब ६ महिनापछि उनले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका थिए । पटकपटक मन्त्री बनिसकेका महरा तत्कालिन नेकपा माओवादीको उपाध्यक्ष थिए । उनी थुनामा रहँदा उनको विगतको माओ पार्टी अहिले अन्य दर्जनबढी दलहरुसंग एकीकरण भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।

पार्टीमा निकै प्रभावशाली मानिने महरा लामो समय तत्कालिन माओवादीको महासचिव थिए । उनलाई तात्कालिक माओवादीले सरकारसँग शान्ति वार्तामा समेत वार्ता टोली प्रमुख बनाएको थियो ।

शिक्षण पेसा छोडेर राजनीतिमा लागेका महरा २०४८ सालमा ३२ वर्षकै उमेरमा सांसद बनेका थिए । महराका छोरा राहुल महरा पनि सुन तस्करीको एउटा मुद्दामा पक्राउ परेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top