×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक,विराटनगर ल्याउने तयारी

८ जेष्ठ २०७५

विराटनगर,जेठ ८ ः करिब ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।

सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले गोरेलाई मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । उनको अनुसार गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको छ ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ती मध्ये ३० जना प्रहरीको नियन्त्रणमा छन् भने ३३ जना फरार रहेका छन् । प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । मुद्दामा उनीहरुविरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top