Nepal Times
Nepal Times
3
Shares

सुपर सिक्स क्रिकेटको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

सुपर सिक्स क्रिकेटको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

५ कात्तिक, काठमाडौं ।

छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजक संस्था एसएस इभेन्ट प्रालिसँग सो खेल प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक हुने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एसएस इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गर्नु भएको सो सम्झौतासँगै प्रतियोगिताको नाम माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स’ रहनेछ ।

आगामी पुसको २ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा हुने सो प्रतियोगितामा २४ वटा कर्पोरेट टिमको सहभागिता रहने पनि जानकारी गराइएको छ । प्रतियोगिताको बिजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यसैगरी विजेताले अर्को वर्ष सो प्रतियोगितामा निःशुल्क प्रवेश पाउनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.