×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुरु भयो एमसीसी परियोजना,३१५ किमि प्रसारणलाइन निर्माणका ठेक्का आह्वान

१२ मंसिर २०७९

१२ मंसिर, काठमाण्डौ ।
नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी परियोजना अन्तर्गतको विद्युत प्रसारणलाइन निर्माण सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले उक्त काम सुरु गर्ने भएको छ । विद्युत प्रसारणलाइन निर्माणका लागि ठेक्का निकालेर परियोजनाको काम सुरु गर्न लागेको हो ।

एमसीए नेपालले सोमबार लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा लटमा ठेक्का निकालेको छ । लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा पहिलो लट (११७ किमि), दोस्रो लटमा रातमाटे–न्यु दमौली (९० किमि) र तेस्रो लटमा न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३१५ किलोमिटर रहेका छन् ।

इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्नेछन् । यो ठेक्का पाउने कम्पनीले डिजाइन,सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ गर्नु पर्नेछ । आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन भने एमसीए–नेपालले उपलब्ध गराउनेछ । जुन तयार भइसकेको छ ।

यो आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेछ । सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका छ भने परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ । निर्माण कम्पनीले डिजाइनसहित साढे तीन वर्षको अवधि पाउनेछ ।

बीचमा कुनै समस्या आए समाधानका लागि थप समय छुट्याइएको एमसीए–नेपालका अधिकारीले बताएका छन् । अधिकारीहरुका अनुसार यो आयोजना समयमा नै सम्पन्न हुनेछ । यदि नसक्ने अवस्था आयो पैसा फिर्ता जान्छ । प्रस्तावित आयोजनामा कुल ८५६ वटा टावर निर्माण हुनेछन् । टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरु काट्नुपर्छ । स

रकारी र निजी गरी ८ सय रोपनी जग्गा चाहिने अनुमान गरिएको छ । अहिले रुख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया अघि बढेको छ । यो प्रसारणलाइन काठमाडौं–सिन्धुपाल्चोक– नुवाकोट– धादिङ– मकवानपुर–चितवन–तनहुँ– पाल्पा–नवलपुर–परासी हुँदै जानेछ ।

४०० केभीको डबल सर्किट यो प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत वहन गर्न सक्छ । निर्माणपछि अहिले संचालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारणलाइन हुनेछ । नेपाल–भारत विद्युत व्यापारको आयतन बढाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने अपेक्षा छ ।

आयोजनामा बोटेक जेभीले परामर्शदाताका रुपमा काम गरिरहेको छ । अहिले प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययन, एलाइन्टमेन्ट सर्भे, विवाद आएका ठाउँमा वार्ता गरेर रि–सर्भे गर्ने लगायतका कामहरु अन्तिम चरणमा चलेको आयोजनाका अधिकारीहरुले बताएका छन् ।

२९ अर्ब ६४ करोड प्रसारणलाइन र १४ अर्ब ८२ करोड सवस्टेसनका लागि खर्च हुने एमसीए–नेपालले जनाएको छ । पहिलो चरणमा प्रसारणलाइनको लागि ठेक्का निकालिएको हो । दोस्रो चरणमा सवस्टेसनका लागि पनि ठेक्का निकाल्ने तयारी छ ।

करिब एक महिनाभित्र दोस्रो चरणमा निकालिने छ । यो प्रसारणलाइनका लागि रातमाटे, दमौली र बुटवल गरी तीनवटा सवस्टेसन निर्माण गरिनेछ । दमौली र बुटवलको प्रसारणलाइनका लागि नेपाल विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top