Nepal Times
Nepal Times
3
Shares

सुर्खेतमा भोलि राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने

सुर्खेतमा भोलि राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने

१३ वैशाख, सुर्खेत । सुर्खेतमा भोलि राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

आज बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

सुर्खेतमा अहिलेसम्म चार सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै बाँके र बर्दियामा पनि आजदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि आज मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको हो । आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.