×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुशीला र विद्या मिलेपछि महेश बस्नेतको सात्तो उड्यो

२६ मंसिर २०८२

२५ मंसिर , काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्की र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच तीन दिनअघि भएको भेटवार्तापछि एमाले बृत्तामा खैलाबैला मच्चिएको छ। नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् ।

बस्नेतले फेसबुक मार्फत ’षड्यन्त्रको नयाँ खेल भन्दै यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्, ’दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।

उनले यो घटनालाई हिजो मात्र ’ जेनजी समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र ’केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल सँग जोडेका छन् ।

उनले थप लेखेका छन्, ’यी सबै कुरा एउटै दिशातिर संकेत गर्छन्, एमालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने, उनले, ’महाधिवेशनमा चुनाव भए सके हराउने, नसके भोट घटाउने नै उनीहरूको अन्तिम उद्देश्य हो ।

बस्नेतले हिजोको पत्रकार सम्मेलनमा एमालेको अध्यक्षका उम्मेदवार तथा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले भनेको कुरालाई पनि जोडेका छन्, ’किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन भन्ने प्रश्न पत्रकारहरूले सोध्न भुल्नुभयो । म भए जान्थेँ, उहाँ पनि जानैपर्छ । बस्नेतले एमाले यो सबै षड्यन्त्रको सामना गर्न पूर्णरूपमा सक्षम रहेको चेतावनी दिएका छन् । ’पार्टी आफ्नो अडानमा अडिग छ । अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुने छैन, उनले लेखेका छन् ।

उनले अन्त्यमा भनेका छन्, ’तिमीहरूका हरेक कर्तुत र योजना अब पूर्ण रूपमा बुझिसकिएको छ । अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको खेल नजन्मदै तुहिनेछ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार पुगेकी थिइन । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आगामी निर्वाचन र निर्वाचनको तयारीमा लागेको सरकारका कामका बारेमा पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन ।

त्यस्तै जेन–जी आन्दोलन, आन्दोलनका शहीद परिवारको माग, घाइतेको माग र माग सुनुवाइका क्रममा सरकारले गरेको कामका विषयमा पनि पूर्वराष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँगको भेटपछि सिंहदरबारको अवलोकन गरेकी थिइन । प्रधानमन्त्री र पुर्वराष्ट्रपतिबीचको भेटलाई कतिपयले ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटको काउन्टरका रुपमा टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीले यसअघि नै पूर्वराष्ट्रपतिसँग भेटवार्ताका लागि गृहमन्त्री ओमप्रकाश अर्याल र संचारमन्त्री जगदिश खरेलमार्फत सन्देश पठाएकी थिइन । पछिल्लो समय जाँचबुझ आयोगले बयानका लागि नआए ओलीलाई पक्राउ गर्ने सम्मको तयारी गरेको भन्ने खबरहरु बाहिरिरहेका छन् ।

ओलीले आफू कुनै पनि हालतमा बयान दिन नजाने बताउँदै आएका छन् । उनले आयोग नै आफ्ना लागि मान्य नभएको दलील गर्दै आएका छन् । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ ।

आज मात्रै तत्कालीन प्रहरी प्रमुख र गृहसचिवसँग बयान लिदैछ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ ।

५ असोजमा गठित आयोगको म्याद ३ महिना अर्थात् ५ पुसभित्र सकिँदैछ । करिब २ सातामात्रै म्याद बाँकी रहँदा आयोगले बयानसमेत सकेको छैन । फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनीतिक तहमा प्रवेश गर्न थालेको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब डेढ सय जनासँग बयान सकिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ ।

आयोगकै सिफारिसमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई विदेश यात्रा गर्न र अनुमतिबिना काठमाडौं उपत्यकाबाहिर जान रोक लगाइएको छ । ओलीले आयोगलाई असंवैधानिक भनेर सार्वजनिक टिप्पणी गर्दै बयानमा नजाने अडान लिँदै आएका छन् ।

ओलीले जेनजी आन्दोलन विदेश षडयन्त्रमा भएको समेत टिप्पणी गर्दै आएका छन् । यस्तै नेकपा एमालेका नेता बस्नेतले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिए नसोचेको परिस्थिति सिर्जना हुने चेतावनी दिँदै आएका छन् ।

‘सरकारलाई कडा चेतावनी । केपी शर्मा ओली र रमेश लेखकजस्ता राष्ट्रिय नेतामाथि यदि अवैध रूपमा दबाब सिर्जना गर्दै पक्राउ गर्ने प्रयास गरियो भने, त्यसपछि उत्पन्न हुने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन ।हामी सत्य–असत्यको लडाइँमा झुक्दैनौँ । आवश्यक प¥यो भने देशको झन्डा ओढेर मर्न तयार छौं, तर अन्याय र दमनको अगाडि कहिल्यै नटेक्नेछौँ,’ उनले भनेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top