Nepal Times
Nepal Times
3
Shares

सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा

सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा

३  भदौ, काठमाडौं ।

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो ।

पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार ठप्प छ ।’ उनले चाडपर्व नजिकिँदै गर्दा सुनको धमाधम अर्डर आउनुपर्नेमा कारोबार नै शून्य भएको बताए ।

उनको गुनासो छ, ‘सानोतिनो ऋण व्यापार गर्ने हामीजस्तालाइृ गाह्रो भयो ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.